स्थानीय तह चुनाव मितिबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग छलफल गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले निर्वाचनको मितिबारे छलफल गर्न बालुवाटारमा आयोगका आयुक्तहरुलाई बोलाएका छन् । आज दिउँसो ३ बजे छलफल हुने तय भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

स्थानीय तहका पदाधिकारीहरुको म्याद जेठ ५ गते सकिँदैछ । त्यसअघि नै निर्वाचन गर्दा ऐन संशोधन गर्नु नपर्ने आयोगको भनाइ छ । आयोगले यसअघि वैशाख १४ र २२ मा निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

 ऐन संशोधनपछि मात्रै निर्वाचन गर्ने भन्दै सत्तारुढ गठबन्धनले जेठ मसान्तभित्र चुनाव गर्ने निणर्य गरेको थियो । ऐन संशोधन झन्झटिलो भएकाले जेठ ५ अघि नै निर्वाचन गर्ने विषयमा छलफल हुन लागेको बताइएको छ । यसअघि प्रधानमन्त्री देउवाले वाग्मती प्रदेशका नेताहरुसँगको छलफलमा जेठ ४ गते निर्वाचन गर्ने तयारी गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्