सूचना आयोगद्वारा प्रधानमन्त्री देउवा समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश(विज्ञप्तीसहित)


न्यज अफ नेपाल, काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा म‌ंगलबार प्रमुख सुचना आयुक्त महेन्द्र मान गुरुङ्गले २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
 प्रधानमन्त्रीबाट  आयोगको स्थापनाबाट सुशासन कायम गराउन मद्दत पुगेको, आयोगको क्षमता विकास गर्नुपर्ने, राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाहरू संवेदनशील हुनुपर्ने भनाई राख्नु भएको थियो ।
उक्त अवसरमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरुङ्गले प्रतिवेदन पेश गर्नु अगाडी प्रतिवेदनाबारेमा संक्षिप्त विचार व्यक्त गर्दै संवैधानिक रुपमा व्यवस्था भएको महत्त्वपूर्ण मौलिक हकको कार्यान्वयनका लागि आयोग लागि परेको र वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७७/७८ का अवधिकाआयोगवाट भएकाकाम कारवाहीहरु समेटिएको जानकारी गराउनुका साथै आयोगका तर्फवाट राखिएका सुझावहरुका वारेमा पनि उल्लेख गर्नु भएको थियो ।
त्यसै गरी आयोगका सचिव भागिरथ पाण्डेयले सूचनाको हकसम्बन्धी ऐनमाभएको व्यवस्था बमोजिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्न लागेको बताउनुभयो । उक्त कार्यक्रममा आयोगका आयुक्तहरु कमलाओली थापा,  रत्न प्रसाद मैनाली, नेपाल सरकारका मुख्य सचिव  शंकरदास बैरागीर आयोगका कर्मचारीहरुको उपस्थिति रहेको थियाे ।