न्युज अफ नेपाल, काठमाडौं ।
विराटनगर भन्सार कार्यालयले ७० औँ अन्तर्राष्ट्रिय भन्सार दिवसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।
के एल दुगड समूहका कनोडियालाई व्यापार सहजीकरण एवम् राजस्व सङ्कलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको कुरा विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनोडियालाई २०७८–१०–१२ गते अन्तर्राष्ट्रिय भन्सार दिवसको दिनमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।











प्रतिक्रिया