दलित कोटामा पनि गठबन्धन विजयी


न्युज अफ नेपाल, पोखरा ।

राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीको निर्वाचनमा दलित कोटा पनि गठबन्धनले जितेको छ । गठबन्धनका भुवन सुनारले एमाले उम्मेद्वार अर्जुनकुमार सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् ।

सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार पाए । यो क्लष्टरमा पनि एक सांसदले खाली छोडेका थिए भने दुई जनप्रतिनिधिको मत बदर भएको छ ।