जाजरकोटमा कस्तुरीको बिनासहित एक जना पक्राउ


बासुदेव शर्मा ,जाजरकोट  ।

जाजरकोटमा कस्तुरीको बिनासहित एक जना पक्राउ परेका छन् । नलगाड नगरपालिका १० ध्यारगाउँका डिल्ली बहादुर ध्यार वन्यजन्तु कस्तरीको बिना सहित प्रहरीले पक्राउ गरेको हो ।

नलगाड नगरपालिका १० ध्यारगाउँ हरि बहादुर ध्यारका छोरा वर्ष ४५ का डिल्ली बहादुर ध्यारलाई वन्यजन्तु कस्तुरीको बिना लिएर हिडिरहेको भन्ने गोप्य सुचनका आधारमा प्रहरी निरिक्षक अर्जुन सिह साउदको कमाण्डमा खटिएको प्रहरी टोलिले नलगाड नगरपालिका ११ चौख बजारमा ध्यारलाई फेलापारी रितपुर्वक खानतलासी गरी उनको साथबाट हल्का गिलो कालो रंगको डल्लोको टुप्पोमा खैरो सेतो कपाल (रौँ) भएको छाला ३० ग्राम तौल वन्यजन्तु कस्तुरीको बिना बरामद सहित उनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधु कुमार थापाले उनको साथबाट बरामद गरेको कस्तुरीको बिना जस्तो देखिने डल्लो र निज डिल्ली बहादुर ध्यारलाई आवश्यक काबारहीको लागी डिभिजन बन कार्यालय जाजरकोटमा पठाएको प्रहरी प्रमुख डिएसपी थापाले बताउनुभयो ।