विभिन्न निर्णय गर्दै अश्वारा खानेपानीको बैठक सम्पन्न


तुलसीपुर ।

विभिन्न निर्णय गर्दै अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको बैठक सम्पन्न भएको छ ।

बैठकले खानेपानीको मुख्य पाइलाइन विस्तारपछि शाखा पाइपलाइन विस्तार गर्ने निर्णय गरेको छ । त्यसैगरी बुटनियामा रहेको खानेपानी टंकीको स्तरवृद्धि गर्ने र त्यसका लागि ठाउँको छनौट गर्ने भएको छ भने हालसम्म खानेपानीले गरेका गतिविधिको समेत समिक्षा गरिएको थियो । बैठक समितिका अध्यक्ष शिवहरी भण्डारीको अध्यक्षतामा बसेको सचिव ओपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।