नागुङवासीलाई न्यानो कपडा र स्वास्थ्य सेवा


रसुवा, (नेस) । 

गोसाइँकुण्ड गाउँपालिका–६ नागुङ गाउँका ३५ जनालाई न्यानो कपडा (ज्याकेट) वितरण तथा स्वास्थ्य परीक्षण गरिएको छ ।
सामाजिक अभियान्ता नर्स प्रतिमाले ६० वर्ष कटेका ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, अशक्त, असहायको स्वास्थ्य जाँच गरी औषधिसहित न्यानो कपडा वितरण गर्नुभएको हो ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले नर्स प्रतीमाले गर्नुभएको कार्यको प्रशंसा गर्दै आभार व्यक्त गर्नुभएको थियो । स्वास्थ्य जाँचमा सामान्य सुगर, प्रेसर, रूघाखोकीको चेक गरी औषधि वितरण गरिएको थियो ।

गाउँमै आएर स्वास्थ्य जाँच गरी औषधि वितरण गरेर म जस्तो हिँड्न नसक्नेलाई राहत मिलेको ८० वर्षीय मिसिली तामाङले बताउनुभयो । ‘हामी अशक्तलाई हाम्रो गाउँमै आएर स्वास्थ्य जाँच गरेर न्यानो कपडा दिनुभएकोमा धन्यवाद छ ।’

–स्थानीय छेरू घलेले भन्नुभयो ।न्यानो कपडा वितरण तथा स्वास्थ्य जाँच कार्यक्रममा पूर्वसंविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङ, पालिका प्रमुख कैसाङ नुर्पु तामाङ, वडाध्यक्ष दावा सिदार वाइबा लगायत विशिष्ट व्यक्तिसहित स्थानीय स्वास्थ्यकर्मीको उपस्थित रहेको थियो ।