मुगुमा आयुर्वेद उपचारप्रति आकर्षित हुँदै


बीरबहादुर बम,मुगु ।

पछिल्ला दिनहरूमा आयुर्वेद उपचारप्रति मुगुका स्थानीयहरू आकर्षित हुँदै गएका छन् ।मुगु जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्रले आयुर्वेद सम्बन्धी जनचेतना तथा स्थानीय स्तरमा उपलब्ध जडीबुटी सहितको उपचार विधि बारे जनचेतना जगाउँदा मुगालीहरु अन्य उपचार भन्दा आयुर्वेद उपचार गर्न सहज मान्ने गरेका हुन् ।

कार्यालयले जिल्लाका कुना, कन्दरा विकट बस्तीहरूमा पटक पटक आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीयहरूले घर आँगन मै उपचार पाएको र परापूर्व कालदेखि गाउँघर मै उपचार गदै आएको पद्घतीलाई सुधार गदै उपचार गरिने गरेको पाइएपछि स्थानीयहरू आयुर्वेद उपचार प्रति आक्रोशित भएको स्थानीय अङ्क बहादुर बुढाले बताउनु भयो ।

हालै आयुर्वेद कार्यालयले मुगु जिल्लाको सोरूँ गाउँपालिकामा २ दिने आयुर्वेद शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा टाढा टाढा गाउँहरुबाट सेवा लिन स्थानीय पुगेको र उपचारका लागी आएका विभिन्न रोगबाट पीडित व्यक्तिहरूले उपचार र औषधी पाउँदा खुसी व्यक्त गरेको कार्यक्रम सञ्चालक राजाराम बढुवालले बताउनु भयो ।

शिविरमा चिकित्सक रमेश आचार्य र योग गुरु जय बहादुर मल्ल पनि सहभागी रहनु भएको थियो ।आयुर्वेद स्वास्थ्य टोलीले नार्थपु स्वास्थ्यचौकीमा शिविर र धुपी चौर आधारभूत विद्यालयका विद्याथीहरुलाई योग शिक्षा दिएको थियो ।

आयुर्वेद शिविरबाट ७८० जना स्थानीयहरूले सेवा लिएको पनि कार्यक्रम सञ्चालक बढुवालले जानकारी गराउनु भयो ।आयुर्वेद स्वास्थ्य कार्यालय मुगुको वार्षिक कार्यक्रम आयूवेद तथा योग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर र विद्यालय आयुर्वेद तथा योग शिक्षा अन्तरगत शिविर र योग शिक्षा दिईएको थियो ।

ग्रामिण स्तरमा आयुर्वेद उपचार प्रति स्थानीयहरूको विश्वास हुँदा हुँदै पनि राज्य स्तरबाट आयुर्वेद प्रति उदाशिनता र प्रयाप्त बजेटको व्यवस्था नहुदा यो उपचार पद्घती अझै प्रभावकारी हुन सकेको छैन ।

जुनवेला अस्पताल थिएनन,स्वास्थ्यकर्मी थिएनन बिरामी हुँदा भगवान् भरोसामा बस्नु पर्थ्यो त्यो वेला हाम्रा पूर्वजहरू आफ्नो वरपर पाइन जडीबुटीको प्रयोग गरेर उपचार गर्थे भने योग गरेर स्वस्थ रहन्थे, आधुनिक युगमा विश्व प्रवेश गरेसँगै ओझेलमा परेको यही आयृर्वेद उपचार विधिको महत्त्व आजभोलिको विश्व मानवले क्रमशः महसुस गदै अँगाल्दै जान थालेको छ ।

रैथाने उपचार विधि यही आयुर्वेद तथा योग शिक्षा भएकाले राज्यले पनि यसको विकासमा जोड दिनु पर्ने योग गुरु जय बहादुर मल्ल बताउनु हुन्छ ।