एमाले कालिकोटमा प्यानलै विजयी 


ललित बिष्ट, कालिकोट । 
नेकपा एमाले कालिकोटमा निर्वाचनबाट नयाँ नेतृत्व चयन गरिएको छ । पुस २४ गते उद्घाटन भएको दशौँ जिल्ला अधिवेशनले सहमतीय प्रणालीबाट नयाँ नेतृत्व चयन गर्न नसकेपछि बिहिवार मतदान भएको थियो ।
आज शुक्रवार सार्वजनिक मतपरिणाम अनुसार जसि प्रसाद पाण्डेको पुरै प्यानलै विजयी भएको छ । अध्यक्षमा खाँडाचक्र नगरपालिका प्रमुख जसी प्रसाद पाण्डेले १३६ मतान्तरले आफ्ना प्रत्याशीलाई पराजित गदै एमाले कालिकोटको अध्यक्षमा विजयी भएका छन् । अध्यक्षमा पाण्डेले ४३३ मत प्राप्त गरेका थिए ।
उनका प्रत्याशी रमेश कुमार शाहीले २९७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा दयाराम सिम्खडाले २०३ मतान्तरले आफ्ना निकटतम प्रतिनन्दी अलिबहादुर शाहीलाई पराजित गरेका छन् । उपाध्यक्षका सिम्खडाले ३८० मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम  प्रतिनन्दीले १७७ मत प्राप्त  गरेका थियो ।
सचिवमा पनि पाण्डे प्यानलकै टेकवहादुर बुढाले विजयी हासिल गरेका छन् । टेकबहादुर बुढाले ३४४ मता पाउँदा सचिव पदका अर्का उम्मेदवार पार्वती सिंहले ३३२मत प्राप्त गरेका छन् । सहसचिवमा पाण्डे समूहकै ब्यासी तिरुवाले ३९० र मनराज शाहीले २६९ मत ल्याएर विजयी भएका हुन् । नवनिर्वाचित कमिटीलाई निर्वाचन मण्डलले आजै प्रमाणपत्रका साथ शपथग्रहण समेत गराएको छ ।