सम्झेर ल्याउँदा सार्वजनिक (भिडियोसहित)



हेटौंडा, (नेस) ।

मकवानपुरे नवगायिका चन्द्रादेवी लामा बलको सम्झेर ल्याउँदा गीतको भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियो हेटौंडामा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि एवं निषाद् संगीत पाठशालाका प्रशिक्षक रमेश तिमल्सिनाले सार्वजनिक गरेका हुन्।

कार्यक्रममा गायिका लामाले गीतमा जीवनका भोगाइ समावेश गरिएको बताइन्। अनेकौं उतारचढाव भए पनि जीवनमा हाँसेर बाँच्नुपर्ने र सबैसँग राम्रो भएर जिउनुपर्ने सन्देश गीतमा समावेश छ।

गीतमा गायिका लामाका पिता एवं मकवानपुरे समाजसेवी तथा लेखक देवेन्द्र लामाको शब्द र संगीत छ। म्युजिक भिडियोमा गायिका लामासहित नारायणप्रसाद गौतम र निवेदिका गौतमले अभिनय गरेका छन्। म्युजिक भिडियो मकवानपुरे कलाकार तथा निर्देशक विक्रम लुङ्बाले निर्देशन तथा धन पाख्रिनले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्