सुगमको आफू–आफूमा सार्वजनिक (भिडियोसहित)



लोकप्रिय गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत आफू आफूमा सार्वजनिक भएको छ। सोहन मानन्धरको शब्द र संगीत रहेको गीतमा विजेश्वर तुलाधरको एरेन्जमेन्ट रहेको छ।
गीतको भिडियोमा कोरियोग्राफर तथा मोडल राज फैजु, दिलु खत्री र श्वेता मिश्रले अभिनय गरेका छन्।

प्रदीप गन्धर्वको छायांकन र श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन्। भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्