फरहान र शिवानी बिहे गर्दै



पछिल्लोपटक बलिउड मनोरञ्जन उद्योगका थुप्रै जोडी बिहे बन्धनमा बाँधिएका छन्। वर्ष २०२१ मा विक्की–कटरिनादेखि अंकिता लोखन्डेसम्मको जोडी बिहे बन्धनमा बाँधिएपछि अब बिहे गर्ने पालो भएको छ फरहान अख्तर र शिवानी दान्डेकरको।

जी न्युजको अनलाइन सेवाले जनाएअनुसार फरहान र शिवानी आगामी मार्च महिनामा सात फेरा लिने तयारीमा छन्। समाचारमा जनाइएअनुसार फरहान र शिवानी आगामी मार्च महिनामा बिहे गर्न तमतयार भइसकेका छन्। यो जोडीले मुम्बईमा बिहे गर्ने योजना बनाएको छ। भारतमा बढ्दै गएको कोरोनाका कारण उनीहरूका बिहेमा छनोटका केही मानिस मात्र सामेल हुनेछन्।

बलिउड फिल्म नगरीका थुप्रै कलाकारलाई कोरोना भएका कारण उनीहरूको बिहेमा सीमित व्यक्तिलाई सामेल गर्न लागिएको समाचारमा उल्लेख छ। यसका कारण उनीहरूले परिवार र केही नजिकका मानिसलाई मात्र वैवाहिक समारोहमा सामेल गर्ने योजना बनाएका छन्। समाचारमा उल्लेख गरिएअनुसार सीमित मानिसलाई सामेल गराइने भए पनि वैवाहिक समारोहका लागि पाँचतारे होटल बुक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्