सुस्मिताको खुलासा



बलिउड अभिनेत्री सुस्मिता सेनको चार वर्ष लामो प्रेम सम्बन्ध टुटेको छ। आफूभन्दा १५ वर्ष कान्छा रोहमान सउलसँगको प्रेम सम्बन्ध टुटेको बारे सुस्मिता स्वयंले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत खुलासा गरेकी छिन् ।

‘हामी साथीको रूपमा नजिक भएका थियौँ, हामी साथी नै रहनेछौँ र माया रहिरहनेछ’ इन्स्टाग्राममा सुष्मिताले रोहमानका साथ एक फोटो अपलोड गर्दै लेखेकी छिन्। भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो लागि कुनै पनि कुरा सकिनुले ठूलो अर्थ राख्ने जनाउँदै सुस्मिताले भनेकी छिन् – ‘म जीवनमा धेरै सम्बन्धबाट अघि बढेकी छु र हरेक सम्बन्धबाट धेरै कुरा सिकेकी छु। यदि, कोही मानिस एकै ठाउँमा बसेर दिक्क लाग्न थाल्यो भने त्यसले तपार्इंको जिन्दगी नै बर्बाद पार्न सक्छ। त्यसकारण म साँचो बोल्ने हिम्मत गर्छु, जुन एउटा सुन्दरता पनि हो। म हरेक ठाउँमा शतप्रतिशत दिन सक्ने मानिस भएको कारण यदि मेरो कसैसँग प्रेम हुन्छ भने शतप्रतिशत नै हुन्छ।’

फ्यानको रूपमा नजिक भएका ३० वर्षीय रोहमान र ४५ वर्षीया सुस्मिताको सम्बन्ध प्रेममा परिणत भएको थियो। आफ्ना दुई छोरी रेनी र अलिशाका साथ रोहमानसँग लिभ इन रिलेसनसिपमा बस्दै अँएकी सुस्मिताले अन्य अभिनेत्री जस्तो आप्mनो प्रेम सम्बन्ध लुकाएकी थिइनन्।

प्रतिक्रिया दिनुहोस्