दोहोरीमा मन थियो भेट्नलाई (भिडियोसहित)

0
Shares

गायक लीला श्रेष्ठको नयाँ लोकदोहोरी गीत मन थियो भेट्नलाई भिडियोसहित हालै सार्वजनिक भएको छ। श्रेष्ठले आफ्नो चर्चित गीत माया सम्झना पलपलमाको दोस्रो भागको रूपमा बजारमा ल्याएको उक्त गीत त्रिपुरा म्युजिक युट्युबमार्फत सार्वजनिक गरिएको हो।

माया मन थियो भेट्नलाई बीच बाटोमा को आयो अल्लारे मेरो मायालाई छेक्नलाई भाकामा गाइएको गीतमा तिमी बाहेक कतै मन गएन, के कारणले हाम्रो भेट भएन भन्ने पुरुष स्वरको सवालको जवाफका रूपमा महिला स्वरले निष्ठुरीको परियो फेलामा, लाको हुर्काउने बेलामा भन्ने जवाफ फर्काएको छ।

गीतमा गायक लीलाकै शब्द तथा संगीत रहेको छ भने उनलाई चर्चित गायिका पार्वती कार्कीले गायनमा साथ दिएकी छिन्। रामकृष्ण थापाको संगीत संयोजन रहेको गीतमा मेघराज लुङ्गेलीको रिदम रहेको छ भने धर्म गन्धर्वले सांरगी, बलबहादुर जैरुले सानई तथा गोपाल घतानीले बाँसुरीवादनमा साथ दिएका छन्।

राजधानीको शंखमूलस्थित शंखपार्कमा छायांकन गरिएको गीतको भिडियोमा मोडलहरू सञ्जीव ठकुरी तथा आयुष्मा कार्कीको साथमा अतिथि कलाकारको रूपमा गायक अमृत आचार्य, सञ्जीव श्रेष्ठ र महेश श्रेष्ठले अभिनय गरेका छन्। गीतको भिडियोमा गायक–गायिका लीला श्रेष्ठ र पार्वती कार्कीलाई पनि देखिन्छ। सञ्जीव ठकुरीले निर्देशन गरेको भिडियोमा दीपक गिरीको छायांकन तथा रोशन धितालको सम्पादन रहेको छ। गीत त्रिपुरा म्युजिक नेपालले उत्पादन तथा वितरण गरेको हो।