सलमान र कट्रिनाबीच उपहार साटासाट



बलिउड अभिनेता सलमान खानले हालै आफ्नो ५६औँ जन्मदिन मनाए । पारिवारिक सदस्य र बलिउड सेलिब्रेटीसम्म सहभागी भएको उनको जन्मदिन समारोहमा सलमानकी पूर्वप्रेमीका तथा बलिउड नायिका कट्रिना कैफको पनि सहभागिता रहेका कारण उनको जन्मदिनको समाचारले सञ्चार माध्यममा निकै चर्चा बटुल्न सफल भयो।

चर्चा उनले जन्मदिनमा पाएका महँगा उपहारहरूको थियो। सलमानलाई उनको पूर्व प्रेमिका कट्रिनाले तीन लाख भारतीय रुपियाँ बराबरको सुनको ब्रासलेट उपहार दिइन्। त्यसो त केही दिनअघि भएको कट्रिना र विक्की कौशलको विवाह समारोहमा सहभागी नभए पनि सलमानले उनीहरूलाई तीन करोडको रेन्ज रोभर कार उपहार पठाएका थिए।

सलमानलाई अभिनेता अनिल कपुरले २७ लाखको निकै महँगो छालाको ज्याकेट उपहार दिए भने सञ्जय दत्तले आठ लाख रुपियाँको घडी उपहार दिए। उपहार दिने मामलामा अभिनेत्रीहरु पनि कम देखिएनन्। सलमानलाई अभिनेत्री शिल्पा शेट्ठीले १७ लाखको हिराको ब्रासलेट र ज्याकलिन फर्नान्डिसले १२ लाखको घडी गिफ्ट गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्