अधिकारीको श्वास फेरी सार्वजनिक



सञ्चारकर्मी गीता अधिकारीको नयाँ गीत श्वास फेरीको भिडियो राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ। संगीतकार राजु सिंहको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कलाकार तथा गीतकार लय संग्रौला, कलाकार उत्तम केसी, गीतकार संघका उपाध्यक्ष वसन्त वित्यासी थापा, संगीतकार सन्तोष श्रेष्ठ, गायक तथा संगीतकार योगेशकाजी साहित्यकार तथा गीतकार गणेश सुवेदी, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक राजु गिरी, नायिका तथा गायिका सारिका घिमिरेलगायतले गीत राम्रो बनेको र गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको भन्दै शुभकामना दिएका थिए।

योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज रहेको गीतको भिडियोमा राजु गिरीको निर्देशन सल्लाह, श्याम खत्री र भीष्म फुलाराको निर्देशन तथा सुनिता बस्नेतको कोरियोग्राफी छ। गीतको भिडियोमा मनमाया महर्जन, राजन वैश्य, ऋतिका सापकोटा, सिएस साउद, रमेश सिंह लगायतले अभिनय गरेका छन्। यमबहादुर चौधरीको छायांकन रहेको वियोगान्त शैलीको गीतको भिडियोमा शोखिन तिम्लिसीनाको सम्पादन रहेको छ। गीता अधिकारीका यसअघि आधा दर्जन गीत सार्वजनिक भइसकेका छन्। नयाँ गीतलाई पनि लिएर आफू उत्साहित भएको उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्