गौरीलाई मानार्थ एमएस नेपाल उपाधि



यस वर्षको वाईवाई मिसेस नेपाल वर्ल्डको अन्तिम स्पर्धाको समारोहमा ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस नेपालको उपाधिबाट सम्मान गरिने भएको छ ।

तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी मल्ललाई चम्किलो क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जानकारी गराएका छन् ।

यसअघि, मिसेस नेपालकौ मञ्चमा रिबन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्