वाईवाई मिसेस नेपाल वर्ल्ड भोलि



नेपालकै सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वर्ल्डको विजेता भोलि शनिबार घोषणा गरिने भएको छ । शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा हुने विवाहित महिलाहरूको सर्वोत्कृष्ट सौन्दर्य प्रतियोगिताबाट वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१ घोषणा हुने भएको हो ।

उच्चस्तरीय निर्णायक टोलीको निर्णयबाट शनिबार साँझसम्म वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१ को घोषणा भइसक्ने आयोजक रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। रिबन इन्टरटेनमेन्टको आयोजना तथा की एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेताको पनि घोषणा गरिनेछ। यसबाहेक मिसेस नेपाल वर्ल्डअन्तर्गत फस्ट, सेकेन्ड र थर्ड रनर्सअपका साथमा बेस्ट स्माइल, वेस्ट हेयर, वेस्ट र्याम्पवाक, लेडी विथ कम्प्यासन, मस्ट इन्टेलिजेन्ट, मस्ट डिसिप्लेन्ड, कन्जिनियालिटी, मस्ट फोटोजेनिक, वेस्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्युअर्स च्वाइस, मस्ट ब्युटिफुल, मस्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मस्ट कन्फिडेन्ट, मस्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उप–उपाधिमा समेत विजेता घोषणा गरिनेछ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने प्रतियोगितामा विभिन्न पेसामा आबद्ध २४ पेसाकर्मी तथा गृहिणीहरू भिड्दै छन्। नेपाल टेलिभिजनकी डीजीएम आरती चटौत, अभिनेत्री गौरी मल्ल, अभिनेता तथा रंगकर्मी वीरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, व्यवसायी तथा व्यक्तित्व विकास प्रशिक्षक अनुप के बराललगायत विभिन्न क्षेत्रका विज्ञहरूबाट करिब एकमहिने प्रशिक्षण लिएपश्चात् बिनिता कुइँकेल, सुमिता लामा, राजश्री थापा, उषा रजक, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दीक्षा केसी, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, समीक्षा कार्की, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानियाँ, जयन्ती राई, मनिका न्यौपाने, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल र माला सुनार वाईवाई मिसेस नेपाल वर्ल्डमा भिड्दै छन्।

प्रतिक्रिया दिनुहोस्