विपन्न महिलालाई कम्बल वितरण



डोटी, (नेस) ।

डोटीको दिपायल सिलगढी नगरपालिका–४ का ८० जना एकल महिला, गरिब, विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेसका उपसभापति विजय खड्काको पहल तथा कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा सो कार्यक्रम भएको हो।

चिसो निकै बढेपछि असहाय नागरिकलाई कम्बल वितरण गरिएको कांग्रेस वडा सभापति बहादुरसिंह कठायतले बताउनुभयो। प्रतिव्यक्ति एउटा कम्बलका दरले वितरण गरिएको थियो। जाडोको समयमा यहाँका नागरिकको जीवन कष्टकर भएको जानकारी पाएपछि आफूले पहल गरी न्यायो कम्बल उपलब्ध गराएको कांग्रेस उपसभापति खड्काले बताउनुभयो।

अन्य वडाका नागरिकलाई पनि अवस्था हेरी लत्ताकपडा वितरण गर्न लागेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्