कांग्रेस प्रदेश–२ को चुनाव आज



काठमाडौं, (नेस) ।

नेपाली कांग्रेस प्रदेश–२ को नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान हुने भएको छ । निर्वाचन समितले बुधबार निर्वाचन गर्ने तयारी गरेको भए पनि सभापति शेरबहादुर देउवा पक्षले बिहीबार गर्न माग गरेपछि मतदान आज बिहान ८ बजेदेखि शुरु हुने निर्वाचन समितिले जनाएको छ ।

मतदानका विषयमा बुधबार देउवा र नेता विमलेन्द्र निधि पक्षबीच विवाद र झडपसमेत भएको थियो । मतदान ढिलासम्म शुरु नभएपछि तनाव भएको थियो । निधि पक्षले बुधबारै मतदान गर्नुपर्ने भन्दै नाराबाजी गरेको थियो भने सभापति देउवा पक्षले त्यसको प्रतिवाद गरेको थियो । जसका कारण झडपको अवस्था बनेको हो ।

प्रदेश दुईको सभापतिका लागि निधि पक्षबाट रामसरोज यादव र देउवा पक्षबाट कृष्ण यादव प्रतिस्पर्धामा छन् । रामसरोजलाई शेखर कोइराला पक्षले पनि साथ दिएको छ । महाधिवेशनमा निधिले देउवालाई साथ दिएका भए पनि प्रदेशमा भने निधिलाई शेखर कोइराला पक्षले साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्