कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको महामन्त्री पदमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते सम्पन्न निर्वाचनको अन्तिम मतगणना अनुसार महामन्त्री द्वयमा उनीहरु निर्वाचित भएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा भर्खरै सम्पन्न मतगणनामा अनुसार थापाले ३०२३ र शर्माले १९८४ मत प्राप्त गरेका हुन । त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवारहरु क्रमशः डा प्रकाशशरण महतले १५५६, प्रदीप पौडेलले  १३९३, डा मीनेन्द्र रिजालले ८०९ र डा राजाराम कार्कीले १०६ मत प्राप्त गरेका कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

चार हजार ६८२ मत गणनामा भएकोमा सबैभन्दा बढी मत थापाले ल्याए भने शर्माले दोस्रो स्थानमा जीत हासिल गरेका छन् । महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको थियो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेताहरु थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार थिए ।

निर्वाचन समितिका अनुसार ताजा परिणाम यसप्रकार छ:
गगन कुमार थापा :३०२३ विजयी
विश्व प्रकाश शर्मा : १९८४ विजयी
प्रकाश शरण महत :१५५६
प्रदिप पौडेल : १३९३
मिनेन्द्र रिजाल :८०९
राजाराम कार्की :१०६