मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा


न्युज अफ नेपाल, काठमाडौं ।

रक्षामन्त्री मिनेन्द्र जिालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा पराजित भएपछि उनले बिहीबार राजीनामा दिएका हुन् । कांग्रेस महामन्त्रीको अन्तिम नतिजा नआउँदै आफू पराजित भएको भन्दै रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका हुन् ।

‘नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु,’ उनले लेखेका छन्,’ अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।’ कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।