आगलागी पीडितलाई नगद १५ हजार



रसुवा, (नेस) ।

आगलागी पीडितलाई राहतस्वरूप जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार घटनास्थल पुगी १५ हजार नगद वितरण गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ खाङजिममा गत आइतबार साँझ ७ बजे करेन्ट सर्ट भई आगलागी भएको थियो ।

निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापाले घटनास्थल पुगी आगलागी पीडित पेम्बा ग्याल्वो तामाङ र कान्छी तामाङलाई नगद १५ हजार प्रदान गर्नुभएको थियो ।

घटना स्थलमा निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा, सशस्त्र प्रहरी वल धुन्चेका प्रमुख लव सापकोटा, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविन कार्की, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आशिष दाहाललगायतका उच्चपदस्थ व्यक्ति पुगी सान्त्वना व्यक्त गर्दै स्थानीयको रोहवरमा पीडितलाई रकम वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्