योगलाई बुझ्न ब्रम्हाण्ड श्रृष्टिलाई जान्न आवश्यक



  • पदम श्रेष्ठ 

आत्मा र परम्मात्मा विचको सम्बन्ध गरिदिने योगबारे तथ्य थाह पाउन मानव रहने पृथ्वी व्रम्हाण्ड उत्पतीलाई शून्यभावले जान्नु पर्ने योग गुरु विजय सिंह बोस्वाको छ । योग र ब्रम्हाण्डबारे विवेचना गर्दै योग गुरु बोस्वाले भन्नुभयो , श्रृष्टिमा एक अनादि तत्व छ जुन अदृश्य,निर्गुण, निराकार ब्रम्ह शिवस्वरूप शक्ति हो । त्यही शक्त्ति उर्जामा विस्तार र संकुचन हुँदाको परिणाम महाविस्फोटले काल समयको जन्म हुन गयो । त्यही स्फुरित ब्रम्हरूप ऊर्जा नै काल ,गति, चेतना र क्रियाका रूपमा भिन्न देखिन थालेको हो ।

योग गुरु बोस्वाले यो पनि भन्नु भएको छ कि , जव श्रृष्टिमा अनेकौं भिन्नता देखिन थाल्यो तब एकाकार ब्रह्मबाट अनेककार चेतना र जडको उत्पति भयो । निर्गुणबाट सगुण , स्थीरबाट अस्थीर ,सुखबाट दुःख , सकारात्मकताबाट नकारात्मकता बढ्दै जानुमा त्यही काल, गति, चेतना र क्रियालाई लयमा एकाकार गर्न नसक्नु नै हो । यी चार शक्तिलाई चर्तुभुर्जनारायणका चार भुजाकारूपमा पुज्न थालेको बताइन्छ ।

योगलाई सही रूपमा बुझ्न चर्तुभुज नारायणका चार अस्त्रबारे थाह पाउनु अनिवार्य मानिन्छ , जस्तै नारायणको एक भुजामा समयको प्रतिक चक्र छ भने शंखले गतिलाई प्रतिनिधित्व गर्दछ । तेस्रो हातको कमलको फुलले चेतना र चौथो भुजामा गडडाले क्रिया प्रक्रिया भन्ने अर्थ लाग्दछ । यसरी नमुना युक्त ढङगबाट सिर्जित मानव ,पृथ्वी र भगवान एकै प्रक्रिया पञ्चतत्वबाट बनेको हुन्छ । ब्रम्हाण्डको सानो नमुना पृथ्वी , यो देह र भगवान पञ्चतत्वबाटै बनेको हुन्छ भन्ने तथ्यलाई यसरी प्रष्ट पार्न सकिन्छ ।

पञ्च तत्व
भ , भुमि –पृथ्वी
ग , गगन –आकाश )
वा, वायु
अ , वा मा लुकेको अग्नी
न , नीर आकाश

यसरी भगवान रूपी मानवको शरीर पनि पञ्चतत्वबाटै बनेको हो भन्ने कुरा अंग्रेजी अक्षर नयम ले पनि प्रमाणित गरिरहेको हुन्छ ।

न , जेनेरेक्टर ( सृष्टिकर्ता ब्रम्हा )
ण् , अप्रेटर – (पालनकर्ता , विष्णु )
म् , डेस्ट्रक्सन (सम्हारकर्ता , महादेव )

यस्तो भगवानरूपी मानव जुनी दुर्लभ र महत्वपूर्ण योनी पशुपंछि ,वृक्ष ,किटपतङ ,जलचर बानरसहित ८४ हजार योनी पार गरेपछि मात्र हुन पाइने बताइएको छ । यो संसारमा जे जति प्राणीहरूले जन्म लिएको छ , ती सवै चार प्रक्रियाबाट जन्मने गरेको तथ्य पाइन्छ ।

१) अण्डाबाट पन्छी जन्मन्छन् ।
२) पसिना वा मलमुत्रबाट जुम्रा ,उडुस ,उपियाँ , लामखुट्टे , कितपतंग ।
३) जमिन चिरी जन्मने प्राणी, वृक्ष, बोट विरुवा , झारपात आदि हुन् ।
४) सालनालसहित आमाको गर्भबाट जन्मने प्राणी मानिस, पशु जीव ।

यी चारै प्रकारको श्रृष्टिलाई जन्म, रोग, बृद्ध र मृत्युले पच्छ्याइरहन्छ । यी सबै जन्मको ढिलो चाँडो यस धर्तीमा मृत्यु अवश्यमभावी छ । त्यसैले यी खालका प्राणीहरू आहार, विहार, भय र मैथुनमानै आप्mनो अमूल्य जीवन व्यतित गरिरहेका हुन्छन् । तर, योगीहरू यस घेराभन्दा अलि पृथक रही काम क्रोध, लोभ, मोह, अहङ्कारबाट मुक्त बुद्धत्वको मार्गमा लाग्ने गर्दछन् ।

मत्स्य कुर्मो वराहत्स, नृसिंह, वामनस्तथा,
रामो रामोत्स्य , कृष्ण , बुद्ध कल्की तथैवचः

पानी बाट शुरू भएको प्राणी सभ्यता अहिले कलिसम्म पुग्दा गुरु चेला परम्पराको आधारमा जीवन र जगत्काबारे विवेचना गर्ने युगमा हामी छौं भन्न सकिने योग गुरु बोस्वाले व्याख्या गर्नु भएको छ । मत्स्य अवतार भन्नाले पानीबाट श्रृष्टि प्रारम्भ भएको भन्ने हो भने कुर्मो कछुवा अवतारले जमिनमा पनि बस्न सक्ने प्राणीको श्रृष्टि भएको दोस्रो अवतार भनिएको हो ।

त्यसैगरी पानी सुकेर बनेको धाप दलदलमा रहने प्राणी बँदेल अर्थात् वराह अवतारपछि लगत्तै जङ्गली युग नृसिंह अवतार र क्रमशः सुधारिँदै वामन अवतारको सात्विक अर्थ वानर नश्लको होचापुड्का मानवको जन्म भएको भन्ने वैज्ञानिक तथ्य ऋषिमुनिहरूले अवतारको नाउँमा जनजनमा व्याख्या गरिएको बताइन्छ ।

त्यसैगरी रिसाहा मानव युग परशुराम, आदर्श मानव समाज राम युग, छलकपट राजनीतिक युग कृष्ण अवतार र शान्ति अहिंसा सदाचारको आदर्श युग बुद्ध अवतार भएको गुरु बोस्वाले तथ्य पस्किएको छ भने वर्तमानमा कालो तमोगुणी युगको प्रतिनिधित्व कलियुगले गरिरहेको छ । योगको भाषामा कलियुग संगम युग हो भने संगम युगमा योगको माध्यमबाट ईश्वरसँग साक्षातकार भई आफैं भित्रबाट सत्ययुगमा पदार्पण गर्न सकिन्छ ।

परमाणु निर्मित यो ब्रम्हाण्डमा ६५७००००००००००००००००००० टन भार रहेको पृथ्वीले कयौं गुणा विशालकाय सूर्यलाई एक हजार माइल प्रतिघण्टाका दरले घुमिरहेको वैज्ञानिक तथ्य रहेको छ भने पृथ्वीलाई ७४०००००००००००००००००० टन भारको चन्द्रमाले परिक्रमा गरिरहेको हुन्छ ।

त्यसैगरी परमाणुजन्य गुरुत्वआकर्षणको शक्त्तिले पृथ्वीजस्तै अन्य आठ ग्रहहरू बुध, शुक्र, मंगल , वृहस्पति, शनि, अरुण, वरुण, यम पनि एक आपसमा परिक्रमा गर्दै घुमिरहेको हुन्छ । अनित्य यो ब्रम्हाण्डमा एक समय सबै सबै शून्यमा विलय हुँदै शक्ति शुन्यमा हराउँदै जान्छ भने मात्र शिवस्वरूप ब्रम्हा शान्त, आनन्द, अचल स्थिर रहन्छ । हो त्यही अजर अमर शिवस्वरूप शून्यतामा यो आत्मालाई एकाकार गराउनु नै योग भएको योगगुरु बोस्वाले अनुभूति गर्नुभएको तथ्य हो ।

योग र विज्ञानलाई आधार बनाउँदै योग गुरु बोस्वा भन्नुहुन्छ, योगमा सूर्य दर्शनको ठूलो महिमा छ किनकी सूर्य नै यो ब्रम्हाण्डीय पृथ्वीमा प्राणीलाई जीवन दिने, वृक्ष, बनस्पती पैदा गर्ने, वायुलाई चलाउनेदेखि प्रकाश ताप दिनेसम्मका श्रृष्टिकर्ता व्रम्हा हुन् ।

सूर्यबाट प्राप्त हुने प्रकाश पृथ्वीसम्म आईपुग्न ८ मिनेटमा नै पुग्दछ जवकी पृथ्वी र सूर्यको दूरी १० करोड ६० लाख मिल टाढा छ । प्रकाशको गति एक सेकेन्डमा १८६२७२ माइल पार गरी पृथ्वीसम्म पुग्दछ । र ईश्वरीय सत्ताको कारण श्रृष्टि चलायमान भइरहेको योगीहरूको दाबी छ ।

यो विशाल विचित्रको आकाश गंगामा सूर्यजस्ता अनगिन्ती तारहरू रहेका छन् भने यस्ता ताराहरूमात्र एकसय ५० खरब ताराहरू छन् । एक आकाश गंगाबाट अर्को आकाश गंगासम्म पुग्न एक लाख प्रकाश वर्ष लाग्ने र एक प्रकाश वर्ष बराबर ९४,६३,००००००००० किलोमिटर मान्ने गरिन्छ । यसरी बनेको पञ्चतत्वीय ब्रम्हाडसँग पञ्चतत्वबाट निर्मित स्थुल यो देहको संयोग नै योग भएको बताइन्छ । त्यसैले यो हाम्रो शरीरलाई पाँच ज्ञानेन्द्रिय, पाँच कर्मेन्द्रियका रूपमा बुझ्न सकिन्छ ।

पाँच ज्ञानेन्द्रीय , पाँच कर्मेन्द्रिय
१) आँखा, दृश्य –(अग्नी ) मुख – (वाणी )
२) कान, श्रवण –(आकाश ) हात – (कर्म )
३) नाक, गन्ध – (पृथ्वी ) खुटटा ( गति )
४) जिव्रो, स्वाद –(जल) मुतेन्द्रिय –(बंश )
५) छाला, स्पर्श ( वायु ) मलेन्द्रिय (शुद्धिकरण)

यी सबै ईन्दियहरू जड अर्थात् यी पञ्चभूतबाट बनेको हुन्छ । जुन भौतिक यन्त्र समानको शरीर जड र चेतनाको संयोग भएको योगको दावी छ । शरीरका विभिन्न घटकहरूमा मन र आत्मा हो ,जुन अदृश्य शक्तिको सहायताले संचालन हुने गर्दछ । मनको अभावले शरीर निस्क्रिय बन्दछ । अन्य प्राणीमा नभएको चेतना मानिसमा भएकोले मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिएको हो । यस व्रम्हाण्डमा रहेका सम्पूर्ण प्राणी भएकोले मान्छेहरूले खाँदा, सुत्दा , बस्दा मात्र होइन कि हिड्दा बोल्दा र श्वास फेर्दा पनि होस पुर्याउनुपर्ने विधान छ ।

यसका लागि मानिसले जीवनलाई योगिक बनाउँदै लानु पर्छ । योग जीवन र जगतलाई जोड्ने शक्ति मात्र नभई जीवनलाई निरोगी, स्वास्थ्य र सक्रिय बनाइराख्ने एक प्रक्रियापनि हो । आयु आरोग्य र जीवन यापनका लागि आहार विहार मैथुनलाई व्यवस्थित गर्दै स्वास प्रस्वासमा विशेष होस पुर्याउनु पर्ने बताइएको छ ।

लामो आयुको लागि हामीले जति सक्छ लामो लामो श्वास फेर्ने गर्नु पर्दछ । उदाहरणको लागि थोरै समयमा धेरैपटक श्वास फेर्ने खरायोको छोटो समयमानै मृत्यु हुन्छ भने लामो श्वास फेर्ने कछुवा सय वर्षभन्दा लामो आयु हुन्छ । त्यसैले प्रत्येक चेतनशील मानिसले अनिवार्य योग गर्ने र योगकै माध्यमबाट लामो लामो श्वास फेर्ने गर्नु शरीरको आवश्यकता हो । भनिन्छ एक मिनेटमा १५ पटक र एक घण्टाभित्र ९०० पटकभन्दा कम श्वास फेर्ने मानिस कम बिरामी पर्ने र लामो लामो श्वास प्रश्वास गर्नाले शरीरका प्रत्येक कुना कुनामा अक्सिजन प्रवाह भई दीर्घजीवी हुने दाबी योगीको छ ।

अर्को कुरा जुन प्राणीमा वायु शक्ति,आकाश र इथर शक्ति बढी छ त्यो प्राणीमा स्फुर्ति, तेज, बल बुद्धि, साहस हुने हुँदा प्रत्येक योगीहरूले खाएको खानाबाट रगत, रगतबाट मासु, मासुबाट बोसो र बोसोबाट हड्डी र हड्डीबाट हड्डीभित्रको मज्जा र मज्जाबाट मात्र लामो जटिल प्रक्रियाबाट धातु बन्ने गर्दछ । त्यसैले धातुलाई जथाभवी दुरुपयोग गर्नु नहुनेमा योग गुरु सचेत गराउनुहुन्छ ।

यसलाई सप्त धातु भनिन्छ भने धातुद्वारा निर्मित सार तत्वलाई व्यवस्थापन गर्न सके कुण्डलिनी जागरणमा योगदान पुर्याउन सकिन्छ । जसको मूल आधार d.n.a. – di0xyribo nuclic acid हो । यसको रचना तीन प्रकारको पदार्थ (डिआक्सीराईबोज, फास्फेट र नाइट्रोजन) र चार प्रकारको विषम चक्रिय –एडिनीन, ग्वानीन, थाइमिन, साइटोसिन) गरी सात संयोगद्वारा हुने गर्दछ भने ती सात संयोगलाई यौगिक भाषामा मुलाधार, स्वाधिस्ठान, मणिपूर, अनाहत, विशुद्ध, आज्ञा र सहस्रार चक्रका नाउँ पहिचान बनाएको पाइन्छ ।

यी सातैस्थलमध्ये मुख्य सहस्रार अर्थात् मस्टिक्स हो । यही शिवस्वरूप ब्रम्हाको निवास रहेको मानिन्छ भने प्रत्येक योगीको यहाँ पुग्ने पहिलो लक्ष्य हुने गर्दछ । योगको साधनाद्धारा समुन्द्र मन्थनजस्तै कुण्डलिनी जागरणको माध्यमद्धारा ब्रम्हाण्डीय शक्ति प्र्राप्त गर्न सकिने प्रमाणित भएको छ । मानवीय चुम्वक तत्वको स्रोत पृथ्वी र पृथ्वीको गुरुत्वाकर्षणको स्रोत सूर्य हो । ब्रम्हाण्डीय चुम्वकीय स्रोत आदानप्रदान भइरहेको हुन्छ । योगीहरू योगको माध्यमबाट तटस्थ रहन सक्षम रहन्छन् ।

आखिरमा योग के हो त ?

योगबारे बुझ्न अघि हामीले योग साधना गर्ने यो देहबारे विवेचना गरौं । यो देहलाई स्थूल , सूक्ष्म र कारण गरी ३ भागमा वर्गीकरण गर्ने गरिएको छ । जीवात्मासम्म पुग्न प्रत्यक्ष दृश्यवान स्थूल शरीर (देह, काया, शरीर) छ । यस कायालाई पनि अन्नमय र प्राणायम कोषका रूपमा दुई भागमा वर्गीकरण गरिएको पाइन्छ ।

दोस्रो सूक्ष्म शरीर हो ,जुन मांस, हड्डीरहित कायाको चेतनयुक्त रूपमा पाइन्छ । तेस्रो हो कारण शरीर सूक्ष्म शरीरलाई पनि कार्य गराउने अदृश्य शक्ति हुने गर्दछ कारण शरीर । यी तिनै प्रकारको शरीरले कुभलो नचिताई गर्ने कर्म नै धर्म हो योग गुरु बोस्वाको कथन छ । श्वार्थरहित कर्म पारोपकारी भावना भएकाले मात्र गर्न सक्दछ योगाभ्यास पनि । शुरूदेखि नै भन्दै आइयो कि योगको सात्विक अर्थ जोड्नु हो ।

कसैले योग भन्नाले आत्मासँग परमात्माको मिलन योग हो भन्दछन् भने कोही शरीरलाई चुस्त सुस्वास्थ्य बनाउने उपाय । कसैले योग गर्नाले चाँडो बुढो नहुने उपाय भएको बताउँछन् भने कोही योग अनुशासित बनाउने माध्यम तर योग गुरु विजयसिंह बोस्वा भन्नु हुन्छ योग हरेक मानवले आत्मसात गर्नै पर्ने आहार विहार निन्द्रा मैथुनजस्तै अत्यावश्यक जीवन पद्दति हो ।

त्यसैले प्रत्येक बिहान टुँडिखेलको एक कुना भद्रकाली मन्दिर छेउ योग ध्यान गंगा महर्जनको अध्यक्षतामा भइरहेको हुन्छ भने प्रत्येक महिनाको अन्तिम शनिबार काठमाडौं वरिपरिको प्राकृतिक तथा धार्मिकस्थलहरूमा योगिक पिकनिकको आयोजना भइरहेको हुन्छ । अन्तमा योगी बोस्वा भन्नुहुन्छ, योग अनिवार्य खाना पनि खाएपिएजस्तै सधैं गर्नु फुर्सदै नभए पनि प्रकृतिसँग योगबारे बुझ्नुअघि हामीले योग साधना गर्ने यो देहबारे विवेचना गरौं ।

यो देहलाई स्थूल , सूक्ष्म र कारण गरी ३ भागमा वर्गीकरण गर्ने गरिएको छ । जीवात्मासम्म पुग्न प्रत्यक्ष दृश्यवान स्थूल शरीर (देह, काया, शरीर) छ ।

यस कायालाई पनि अन्नमय र प्राणायम कोषका रूपमा दुई भागमा वर्गीकरण गरिएको पाइन्छ । दोस्रो सूक्ष्म शरीर हो ,जुन मांस, हड्डीरहित कायाको चेतनयुक्त रूपमा पाइन्छ । तेस्रो हो कारण शरीर सूक्ष्म शरीरलाई पनि कार्य गराउने अदृश्य शक्ति हुने गर्दछ कारण शरीर ।

यी तिनै प्रकारको शरीरले कुभलो नचिताई गर्ने कर्म नै धर्म हो योग गुरु बोस्वाको कथन छ । श्वार्थरहित कर्म पारोपकारी भावना भएकाले मात्र गर्न सक्दछ योगाभ्यास पनि । शुरूदेखि नै भन्दै आइयो कि योगको सात्विक अर्थ जोड्नु हो ।

कसैले योग भन्नाले आत्मासँग परमात्माको मिलन योग हो भन्दछन भने कोही शरीरलाई चुस्त सुस्वास्थ्य बनाउने उपाय । कसैले योग गर्नाले चाँडो बुढो नहुने उपाय भएको बताउँछन् भने कोही योग अनुशासित बनाउने माध्यम तर योग गुरु विजयसिंह बोस्वा भन्नु हुन्छ योग हरेक मानवले आत्मसात गर्नै पर्ने आहार विहार निन्द्रा मैथुनजस्तै अत्यावश्यक जीवन पद्दति हो ।

त्यसैले प्रत्येक बिहान टुँडिखेलको एक कुना भद्रकाली मन्दिर छेउ योग ध्यान गंगा महर्जनको अध्यक्षतामा भइरहेको हुन्छ भने प्रत्येक महिनाको अन्तिम शनिबार काठमाडौं वरिपरिको प्राकृतिक तथा धार्मिकस्थलहरूमा योगिक पिकनिकको आयोजना भइरहेको हुन्छ । अन्तमा योगी बोस्वा भन्नुहुन्छ, योग अनिवार्य खाना पनि खाएपिएजस्तै सधैं गर्नु फुर्सदै नभए पनि प्रकृतिसँग एकाकार हुन मात्र भए पनि सूक्ष्म व्यायाम गर्नु योगको महिमा आफैं बुझ्दै जानुहुन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस्