एशिया प्यासिफिक डिजास्टर म्यानेजमेन्टद्धारा परियोजनाको उद्घाटन


न्युज अफ नेपाल, काठमाडौं ।
एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्ट भन्ने एक अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले समाज कल्याण परिषद् नेपालसँग परियोजनाको सम्झौता पछि आज (बुधवार) औपचारिक रुपमा कार्यक्रमको शुरुवात गर्दै कार्यक्रमको बारेमा सम्बन्धित सरोकारवालाहरूलाई जानकारी गराउदै भविष्यमा आवश्यक सहकार्य गर्ने उद्देश्यले भर्चुअल माध्यमबाट परियोजनाकाे उद्घाटन गरेको छ ।
यस बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूको सहभागीतामा कार्यक्रमको उद्घाटन गरिएको छ ।कार्यक्रममा नेपालबाट समाज कल्याण परिषद्का सदस्यसचिव  मनोज भट्ट, गेृह मन्त्रालयअन्तर्गत विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव  हुमकला पाण्डे, महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव कृष्ण प्रसाद पराजुली, एशिया प्यासिफिक एलाईन्सका साझेदार संंस्थाहरु ( राष्ट्रिय व्यावसायिक र युवा विकास केन्द्र) का अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिहरु, जापनिज राजदुतावास कार्यालयका प्रतिनिधि, एशिया प्यासिफिक एलाईन्सका सदस्य राष्ट्रहरु जस्तै श्रीलंका, ईन्डोनिशिया, जापानका प्रतिनिधहरु, विभिन्नअन्य सरोकारवालाहरू र पत्रकारहरू गरी जम्मा २३ जना व्यक्तिहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्ट श्रीलंकाका देशीय प्रमुख  फिरजान हसिमले संस्थाको संक्षिप्त परिचय र रणनीतिको विषयमा कुरा गर्नुभएको थियो भने एशिया प्यासिफिक एलाईन्स फर डिजास्टर म्यानेजमेन्ट नेपाल कार्यालयका देशीय संयोजक कर्णबहादुर नेपालीले नेपालमा संचालन हुने कार्यक्रमको विवरण लगायत कार्य संचालन प्रक्रियाबारे प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा जापानिज राजदुतावास कार्यालयका आर्थिक सहयोग विभाग प्रथम सचिव मियोकि ईसिदा, समाज कल्याण परिषद्का सदस्यसचिव श्री मनोज भट्ट, गृह मन्त्रालयका सहसचिव हुमकला पाण्डे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव  कृष्णप्रसाद पराजुली, राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष  कुशकुमार जोशी, युवाविकास केन्द्रका अध्यक्ष सञ्जय चौधरी लगायतले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
साथै कार्यक्रममा हाम्रा खबर डट कमका प्रधान सम्पादक आदर्श के.सी.ले कार्यक्रम संचालन प्रत्रिया र दिगोपनाको विषयमा जिज्ञासा समेत राख्नुभएको थियो । कार्यक्रमउपस्थित सबैले कार्यक्रमको सफलताको शुभकामना एवं सहकार्य गर्ने समेत जनाउनुभएको थियो । यस कार्यक्रमको संचालन कार्यक्रम संयोजकयोशिहिरो इमोटोले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम व्यवस्थापक काकिजावा फुकुरोले गर्नुभएको थियो ।