कोइराला परिवारमा दरार : प्रकाशमान सभापति, सुजाता उपसभापति


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कोइराला परिवार विभाजित भएको छ । केहीअघिसम्म सुजाता कोइराला, डा. शशांक कोइराला र डा. शेखर कोइरालाले कांग्रेस नेतृत्वमा मिलेर जाने सहमति गरेका थिए । तर, मनोनयन दर्ता गर्नेबेलासम्म कोइराला परिवार नै विभाजित बनेको छ ।

कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार दर्ता गराउने भएकी छन् । केही समयपछि प्रकाशमान सिंह सभापति र सुजाता उपसभापतिको उम्मेदवारी घोषणा हुनेछ । अन्य पदाधिकारीमा भने टुंगो लागिनसकेको प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए ।

संस्थापन र निधि प्यानलले मनोनयन दर्ता गरेपछि मात्र सिंहले अन्य पदाधिकारीको टुंगो लगाउने भएको छ । उता, शेखर कोइराला समूहले भने गगन थापा र डा।मिनेन्द्र रिजाललाई महामन्त्रीमा उम्मेदवारी बनाउने निश्चित जस्तै भएको छ ।