मानबहादुरले गरे कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी घोषणा


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् ।