कांग्रेस बन्द सत्र सुरु, पौडेलपक्ष आइपुगेन


काठमाडौँ ।

नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्द सत्र सुरु भएको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएसँगै बन्द सत्र सुरु भएको हो । राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरी बन्द सत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्द सत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्द सत्रमा उपस्थित छैन ।

पौडेल पक्ष  सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुडल्याण्डमा छलफलमा रहेको छ । बन्द सत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।