प्रतिनिधिको जोड–घटाउ : सजिलो छैन देउवालाई ५० प्रतिशत मत कटाउन


न्युज अफ नेपाल, काठमाडौं ।

काग्रेसको १४औं महाधिवेशन अन्तर्गत उद्घाटन कार्यक्रम भर्खर सकिएको छ । लगत्तै बन्द शत्रको कार्यक्रम चल्दै छ । भोली उमेद्वारी दर्ता छ । २७ गते विहानै देखि मतदानको कार्यक्रम रहेको छ । यो अधिवेशनमा पनि सभापतिको लागि दुई भन्दा बढी उमेद्वार हुने निश्चित छ ।

उद्घाटन कार्यक्रममै सभापति वर्तमान सभापति शेरवहादुर देउवाले पुनः मतदान गरि सभापतिमा आफुलाई जिताउन महाधिवेशन प्रतिनिधिहरुसंग आग्रह गनुृभएको छ भने उपसभापति विमलेनद्र निधिले पनि सभापतिको दाबेदार आफुपनि भएको भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

अर्का केन्द्रिय सदस्य कल्याण गुरुङ्गले सभापतिको उमेद्वार भन्दै भोट मागिरहनु भएको छ । यता, आफ्नो समुहमा वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको आकाक्षा राखिरहनु भएको छ । नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिको दाबी गर्दै प्रचारप्रसार थालिसकेका छन् ।

यो पनि : कांग्रेस महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

देउवा इतर समुह भनेर चिनिने पौडेल समुहले देउवा विरुद्ध एकमात्र साझा उमेद्वार दिने सम्भावना टर्दै गएको छ । यो समुहबाट आकाक्षि नेताहरु पौडेलका साथै महामन्त्री डा. शशांक कोइरालाले साझा उमेद्वारको सहमतिको लागि आफु पछि हट्ने जनाए पनि प्रकाशमान सिंह र डा. शेखर कोइराला टसकोमस भएनन् । यी दुई नेताले आफ्नो अडान नछोडे पछि पौडेल समहुबाट दुईजना सभापतिको उमेद्वार हुने सम्भावना छ ।

अहिले सम्मको अवस्थामा कम्तिमा तीन जना र बढीमा पाँच जना सभापतिको उमेद्वार हुने देखिन्छ । काग्रेस विधानमा सभापतिमा दुईभन्दा बढी उमेद्वार भएमा विजयी उमेद्वारले खसेको मतको ५० प्रतिशत कटाउनु पर्छ । यदि कुनैपनि उमेद्वारको ५० प्रतिशत मत नआएमा सबैभनदा बढी मत ल्याउने दुईजना वीच फेरी निर्वाचन हुन्छ ।

निर्वाचन समितिले आज सार्वजनीक गरेको महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावलीमा ४ हजार ७ सय ४३ जनाको सुची छ । यो हिसाबमा हेर्ने हो भने पहिलो चरणमा विजयी हुन सभापतिको उमेद्वारले २ हजार ३ सय ७३ मत ल्याउनु पर्छ । संस्थापन इतर समुहबाट धेरै उमेद्वार हुदा देउवाले पहिलो चरणमै ५० प्रतिशत मत कटाउछन भन्ने आकलन छ ।

नेपाल समाचारपत्रले आकाक्षि उमेद्वारको सचिवालयले तयार पारेको महाधिवेशन प्रतिनिधिको हिसाब हेर्दा २ हजार ३ सय ७३ मत एउटै उमेद्वारलाई जाने देखिदैन । काग्रेस भित्र गुट र प्रभावशाली नेताहरुको थप उपगुट भएकोले सचिवालयले निकालेको जोड घटाउको हिसाबमा सभापतिका दाबेदार नेताहरु ढुक्क छैनन ।

सभापति मात्र हैन पदाधिकारीको टिम मिल्न सकेन भने पनि अहिले निकालिएको हिसाब नमिल्न सक्छ । इतर समुह विभाजित हुदा पहिलो चरणमै जितिन्छ भन्ने सचिवालयले दिएके रिर्पोटमा देउवा यसकारण पनि ढुक्क हुन सकेका छैनन । सभापतिका आकाक्षि नेताहरुको सचिवालयको रिपोर्ट हेर्दा देउवाको पक्षमा १ हजार ५ सय प्लस मत देखिन्छ ।

शेखर कोइरालाको पक्षमा १ हजार २ सय प्लस मत देखिन्छ । प्रकाशमान सिहको पक्षमा ४ सय प्लस मत रहेको भन्ने छ । नीधिको पक्षमा पनि ४ सय प्लस मत छ भन्ने देखिएको छ । काग्रेस भित्र तेस्रो गुट रहेका कृष्णप्रसाद सिटौलाले अघिल्लो महाधिवेशनमा भन्दा आफ्नो शक्ति बढेको भन्दै ४ सय प्लस मतदाता हुने अनुमान गर्नुभएको छ । सिटौला आफु सभापति नउठेर जुन समुहलाई सहयोग गरेपनि ५० प्रतिशत पुग्ने देखिदैन ।

महाधिवेशनमा ५ सय जति तटस्थ रहने अनुमान छ । उनिहरुले नेता, प्यानल हेरेर क्रस मतदान गर्ने अनुमान छ । भोली उमेद्वारी दर्ता भएपनि पर्सि आइतवार दिनभर उमेद्वारी फिर्ता लगाएत उमेद्वारको अन्तिम टुंगो लगाउने समय छ ।

अहिलेसम्मको अवस्था हेर्दा भोली र पर्सि दुई पदाधिकारी लगाएत प्यानल निर्माणमै सबै समुह व्यस्त रहने देखिन्छ । युवा नेतृत्वको पक्षमा रहने महाधिवेशन प्रतिनिधिहरु पनि धेरै छन् । काग्रेसको यो अधिवेशनमा सभापतिका आकाक्षि नेताहरुको सचिवालयले दिएको रिपोर्ट भन्दा फरक नतिजा आउने सम्भावना बढेको छ ।