देउवाले प्रतिनिधिलाई भने – ‘चुनाव जिताउने जिम्मा मेरो भयो, एक पटकलाई जिताइदिनुस्’


न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक पटकका लागि सभापतिमा आफूलाई जिताउन महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन् ।१४ औँ महाधिवेशनको उद्घाटन सत्रलाई संबोधन गर्दै देउवाले आफू नेतृत्वको सरकार आउनासाथ नागरिकले डर त्रासबाट मुक्ति पाएको दबाी गरे ।

उनले भने, ‘अब गाउँदेखि माथिसम्म आउँदो सरकार कांगेसको हुन्छ । त्यो मेरो जिम्मा भयो । त्यसका लागि मलाई एकपटक जिताइदिनुहोस् साथीहरु ।’