शेयर बजार वर्षकै न्यून बिन्दुमा



काठमाडौं, (नेस)  ।

साताको चौथो कारोबार दिन बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ दशमलव १० अंकले घटेर २४५५ दशमलव ८१ विन्दुमा झरेको छ । यो २०७८ साल यताकै न्यून बिन्दु हो ।

२०७७ चैत ४ गते नेप्से २४३१ अंकमा थियो । कुल २२६ वटा कम्पनीको ६५ लाख ६० हजार कित्ता शेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार रुपियाँमा किनबेच भएको छ ।

यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेका छन् । कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर कम्पनी अगाडि रहेको छ । उक्त कम्पनीको ११ करोड ८८ लाख १५ हजारको शेयर कारोबार भएको हो । बुधबार सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयरमूल्य १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्