डोटी ।
वर्षौंदेखि खानेपानीको समस्याले पीडित बनेका डोटी जिल्लाको शिखर नगरपालिका–८ गोपघाट तथा मोथबोरा गाउँमा खानेपानी पुगेको छ । डीसीए नेपाल र शिखर नगरपालिकाको आर्थिक सहयोगमा सम विकास केन्द्र ईडीसीले सेती नदीको पानी सोलार लिफ्टमार्फत नदीदेखि ९० मिटर उचाइमा रहेको उक्त गाउँमा पुर्याएको हो ।
नगरपालिकाको १२ लाख, ईडीसी तथा साकार परियोजनाको ८ लाख गरी जम्मा २० लाखमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अर्जुन बलायरले जानकारी दिनुभयो । ६३ एमएमको पाइपबाट सेती नदीबाट पानी गाउँमा आएपछि स–साना करेसा बारी सिँचाइ गर्न र सरसफाइका लागि निकै राहत भएको स्थानीयवासी रामसिंह बलायरले बताउनुभयो ।
‘पानी नहुँदा साग तरकारीसम्म लगाउन पाएका थिएनौं, अहिले घरैमा पानी आएपछि सिँचाइ तथा साग तरकारी लगाउन सहज भएको छ ।’ –उहाँले भन्नुभयो । गाउँमा पानी नहुँदा घण्टौं टाढा रहेका खोला तथा सेती नदीकोे पानी ल्याउन बाध्य रहेका त्यहाँका स्थानीयहरु अहिले घरैमा पानी पाएपछि खुसी भएका स्थानीय बलायर बताउनुहुन्छ ।











प्रतिक्रिया