पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडले फेस अफ मारवाडी किड्स २०२१ प्रतियोगिता आयोजना गर्ने भएको छ।नेपालभरका विभिन्न शहरबाट छानिएर आएका बालबालिका सहभागी हुने प्रतियोगिताको फाइनल आगामी पुस २४ गते हुने प्रतियोगिताका सहभागीहरूलाई पुस १२ गतेबाट प्रशिक्षण दिइनेछ।
प्रतियोगिता, बाल बालिकाको व्यक्तित्व विकासमा टेवा पुग्नुका साथै कला संस्कृतिको पनि जगेर्ना गर्ने उद्देश्यका आयोजना गर्न लागिएको कार्यक्रमकी आयोजक रेखा मोदी मित्रुकाले जानकारी दिएकी छिन्।पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडले यसअघि फेस अफ मारवाडी (मिस्टर, मिस र मिसेस) २०१८ कार्यक्रम आयोजना गरिसकेको छ। त्यसको फिनाले होटल सोल्टीमा सम्पन्न भएको थियो। त्यसै वर्ष फेस अफ मारवाडी किड्स २०१८ पनि आयोजना गरिएको थियो। सो प्रतियोगिताको फिनाले एलिस रिसेप्सनमा भएको थियो।
त्यसैगरी, फेस अफ मारवाडी (मिस्टर र मिस) २०१९ मा भने बलिवुड सेलीब्रेटी करण कुन्द्रा र श्वतेता चौधरीको सहभागितामा सम्पन्न भएको थियो। त्यस कार्यक्रमको फिनाले होटल डेल अन्नपूर्णमा भएको थियो। यसका साथै २०१९ मा फेस अफ मारवाडी किड्सको अर्को संस्करण विराटनगरमा सम्पन्न भएको थियो। फेस अफ मारवादी किड्स २०२१ प्रतियोगितामा मुख्य प्रायोजक म्याजिक फुट रहेको छ भने सेन्चुरीले सह–प्रायोजक रहेको छ। त्यस्तै, खल्ती आधिकारिक भोटिङ पार्टनरको रूपमा रहनेछ।











प्रतिक्रिया