-यापर साकार म्युजिकल टुर गर्दै


-यापर साकार दुई वर्षपछि ड्रागन वल्र्ड नामक एल्बम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन्। उनले एलबम ल्याउनु अगाडि इपी ड्रागर फायरमा रहेर तीन गीत सार्वजनिक गरेका छन्।

उनले म्युजिकल वल्र्ड टुरको पनि घोषणा गरेका छन्। उनको यो टुरमा -यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता रहनेछ। उनी आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा लिटिल बुद्ध लाइभ नामक कन्सर्ट गर्दैछन्।

साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन्। ‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं। अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानिज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारको भनाइ छ। साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ।