प्रियारानी राजकुमारी


मिस विश्व कस्मोपोलिटन–२०१९ की विजेता, भिजे एवं मोडल प्रियारानी लामा राजकुमारी बनेकी छन्। रोनिश एन्ड ड्याड प्रोडक्सनले निर्माण गरेको भिडियो गीत राजकुमारीमा प्रियारानी राजकुमारीको भूमिकामा देखिएकी हुन्।

गीतको भिडियोमा उनी मोडल तथा रामहरी खड्काको राजकुमारीको रूपमा प्रस्तुत भएकी छन्। उक्त गीतको म्युजिक भिडियो हालै राजधानीमा अयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो।कार्यक्रममा मोडल प्रियारानीले हिमालको काखमा खिचिएको गीतमा प्राकृतिक अनुपमलाई मिसाइएको बताइन्। नेपाल पर्यटनका लागि सम्भावना बोकेको देश भएकाले गीतको म्युजिक भिडियोमा देखाइएको स्थानले पर्यटन प्रवद्र्धनलाई टेवा पुग्ने उनको भनाइ थियो। गीतको म्युजिक भिडियो मनाङ, मुस्ताङलगायतका क्षेत्रमा खिचिएको छ।

यस्तै, म्युजिक भिडियोका निर्देशक रूपेश थापाले नेपाली भिडियोहरू गुणात्मकरूपमा बनाउन नसकिरहेको अवस्थामा राम्रो भिडियो बनाउने कोशिस गरेको बताए। गीतमा राजकुमार र राजकुमारी कल्पना गर्ने युवाहरूको प्रेमलाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। प्रियारानी र रामहरी फिचर भएको गीतमा संगीत भने निरज लामाको रहेको छ। खगेन्द्र भट्टराईको शब्द रचना रहेको गीतमा कम्पोज र स्वर पनि निरजकै छ। सियोन श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोका छायांकन निर्देशक थापाले नै गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।