धनगढी ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मङ्सिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन् । कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन् ।
यस्तै मङ्सिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ । मङ्सिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिस्पर्धा हुनेछ । मङ्सिर २८ गते सेमिफाइनलका खेल तथा मङ्सिर २९ गते फाइनल खेल हुने सङ्ले जनाएको छ ।
उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिनुभयो । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३ गतेदेखि कैलालीको धनगढीमा हुँदैछ ।
प्रतिक्रिया