अदृश्यभित्रको लज्जावती


मो समयदेखि विभिन्न हास्यटेलिफिल्म, टेलिफिल्म र ठूलो पर्दाको फिल्ममा प्रायः जसो नेपाल प्रहरीको भूमिकामा अभिनय गरी लोकप्रियता कमाउँदै आएका कलाकार विनोद केसी पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन र गीत रचनामा समेत सक्रिय हुन थालेका छन्।

उनै विनोदको शब्द रचनामा अदृश्यभित्रको लज्जावती बोलको आधुनिक गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत छ। प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद स्वयंका साथ सारिका केसीले अभिनय गरेकी छन्।कथानक म्युजिक भिडियोमा कथा र निर्देशन पनि विनोदकै छ। केसीले आफ्नो यो पछिल्लो म्युजिक भिडियो राजधानीको वसन्तपुर दरबार, रानीपोखरी, धरहराजस्ता पुरातात्त्विक तथा ऐतिहासिक क्षेत्रमा छायांकन गरेका छन्।

 

चखेवाको जोडी भयौं सँगै हिँड्दा सबैमाझ
यही जोडीको कहानीमा गजल बन्यो आज
लज्जावतीझैं लजाउँछेऊ मुटु छुनेगरी
अप्सरा त ठीकठीकै हो लाग्छ तिमी परी
गीतमा प्रेमीले आफ्नो प्रेम र प्रेमिकाको बयान गर्ने क्रममा भनेका छन्।
म्युजिक भिडियोमा किरण चौसिरको छायांकन तथा राजकुमार मगरको सम्पादन रहेको छ।

भिडियो सीजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।