शुभकामना कार्डभित्रको टिकटबाट १० लाख डलर प्राप्त


न्युयोर्क, (एजेन्सी) ।

ओपन–हार्ट सर्जरी गराएका अमेरिकाको मास्साचुरेत्स निवासी एक पुरुषलाई सुस्वास्थको कामना गर्दै पठाइएको कार्डभित्र राखिएको लटरी टिकटले उनलाई १० लाख अमेरीकी डलर बराबरको ज्याकपोट जिताएको छ ।

एटरवोरो निवासी अलेकजान्डर म्यालेसले मास्साचुरेत्स स्टेट लटरीका अधिकारीहरूलाई भनेका छन् , ‘मेरो हालसालै मात्र मुटुको शल्यक्रिया भएको हो । मेरो एकजना मित्रले तीनवटा स्क्राच – अफ लटर टिकटसहितको एउउटा गेट–वेल कार्ड दिएका थिए । त्यसमा मुटु शब्दका दुईवटा लक्की साइन पनि थिए । स्क्राच गर्दा १० लाख डलरको पुरस्कार जितें । खुशीको सीमा नै रहेन ।’

संयोग नै मान्नुपर्छ त्यही साथीले धेरै वर्षअघि बर्थ डे उपहारको रूपमा दिएको एउटा लटरी टिकटबाट पनि उनले १ हजार डलर जितेको थिए । उनले डोर्चेस्टर स्थित लोटरीको प्रधान कार्यालयबाट कर कटाएर पुरस्कार धनराशि ६ लाख ५० हजार डलर लिइसकेका छन् ।