स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई तीव्रता दिने भारत र युरोपेली संघको निर्णय


इन्डिया न्युज नेटवर्क ।

भारत र युरोपेली संघ–ईयू) ले बुधबार स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई अगाडि बढाउने निर्णय गरेका छन् । सन् २०१६ को भारत ईयू ऊर्जा र जलवायु साझेदारीलाई कार्यान्वयन गर्न तथा सन् २०२३ सम्म विस्तृत कार्यक्रममा संयुक्तरूपमा सहमति जनाउन सो निर्णय लिइएको हो ।

दुवै पक्षका निम्ति केन्द्रित रहेको क्षेत्र जलवायु कार्य र किफायती, स्वच्छ र सुरक्षित ऊर्जा सुनिश्चित गर्न भारत र युरोपेली संघ सहकार्य गरिरहेका छन् ।डिसेम्बर महिनाको १ तारिख मा भारत ईयू को बैठक भएको थियो । जसमा भारतीय पक्षबाट विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय, नयाँ र नवीकरणीय ऊर्जा मन्त्रालय र पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रालय र ऊर्जा महानिर्देशनालय सहभागी थिए भने ईयूको पक्षबाट युरोपेली आयोग सहभागी भएको एक संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ ।

ऊर्जा प्यानलको सह–अध्यक्षता सचिव (पश्चिम), विदेश मामिला मन्त्रालय रिनत सन्धु र युरोपेली आयोग का ऊर्जा उपमहानिर्देशक मेचथिल्ड वोर्सडर्फर ले गरेका थिए ।संयुक्त प्रेस विज्ञप्तिअनुसार शून्य ऊर्जा भवन निर्माण, भवनहरूको लागि स्मार्ट तयारी सूचक निर्धारण, नवीकरणीय ऊर्जा, सौर्य ताप र अपतटीय पवनसहित ऊर्जा दक्षता क्षेत्रमा प्राविधिक सहयोग बढाउन दुवै पक्ष सहमत भएका छन् ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन, हरित हाइड्रोजन; स्मार्ट ग्रिड, भण्डारण, पावर मार्केट डिजाइन, इन्टरकनेक्सन, कोल्ड चेन, र दिगो वित्तीयसहित ग्रिड एकीकरण मा सहयोग का निम्ति पनि दुवै पक्ष तत्पर छन् ।संयुक्त प्रेस विज्ञप्तिअनुसार यस सुदृढ सहयोगको एक भागको रूपमा, भारत र ईयूले यी क्षेत्रहरूमा नयाँ अध्ययन, अध्ययन भ्रमण र संयुक्त कार्यशाला, ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्नेछन् ।

यसका साथै यस ऊर्जा बैठकले संयुक्तरूपमा संगठित कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ जुन यस प्रकार छन् ः
१ आगामी वर्ष को पहिलो ६ महिना भित्र भारत–ईयू अपतटीय वायु व्यापार र लगानी शिखर सम्मेलन आयोजना गरिने, यसमा युरोपेली र भारतीय कम्पनीहरूको प्रदर्शनी गरिने, बी२बी सुविधा र अपतटीय हावाको लागत घटाउने र अपतटीय वायुको वित्तपोषण गरिने ।

२ भारतमा स्मार्ट ग्रिड परियोजनाहरू प्रतिकृति र माथि बढाउनका लागि सम्भावित अवसरहरू र अवरोधहरू पहिचान गर्दै भारत–ईयू उच्चस्तरीय मञ्च को स्थापना गरिने ।
३ भारत–ईयू हाइड्रोजन मञ्च नवीकरणीय ऊर्जा उच्च साझेदारीका साथ ऊर्जा प्रणालीमा हाइड्रोजनको भूमिकामा उत्कृष्ट अभ्यासहरूऔनीतिहरू आदानप्रदान गरिने, स्वच्छ हाइड्रोजन उत्पादन र अनुप्रयोग प्रविधिको बारेमा छलफल गरिने र अवस्थित र आगामी हाइड्रोजनमा जानकारी साझा गरिने ।
४ ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा क्षेत्रमा लगानीलाई प्रोत्साहन गर्ने लक्ष्य राख्दै स्वच्छ ऊर्जा भारत–ईयू वित्तिय लगानी मञ्च निर्माण गरिने ।

अन्य ईयू सदस्य राष्ट्र पनि अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सामेल भइरहेका छन् ।हालको समयमा युरोपेली संघ ले यसका सदस्य राष्ट्रहरू, र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसँग यसको शैक्षिक, व्यापार र वित्तीय समुदायहरूको संलग्नतालाई अझ सुदृढ पार्ने उद्देश्यले यस परियोजनाको निम्ति १० लाख यूरो प्रदान गरेको छ । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सन्दर्भमा भारत–ईयू सहयोगलाई सुदृढ गर्न थप अवसरहरू खोज्न पनि दुवै पक्ष सहमत भएका छन् ।

यस सन्दर्भमा, भारतले आईएसएको एक सूर्य एक विश्व एक ग्रिड पहलको महत्वलाई जोड दिएको थियो । ईयूले भारत र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीचको घनिष्ठ सहयोगको लागि आफ्नो समर्थन पनि व्यक्त गरेको छ । आगामी जी २० सम्मेलन मा भारत र ईयूले स्वच्छ ऊर्जामा विचार आदानप्रदान गर्न पनि सहमति जनाएका छन् ।

सन् २०१६ को मार्च महिनाको ३० तारिखमा भारत ईयू शिखर सम्मेलन भएको थियो जसमा भारत ईयू स्वच्छ ऊर्जा र जलवायु साझेदारी अघि बढेको थियो । सोहीअनुरूप हाल भारत र ईयू अघि बढिरहेका छन् । साथै, उनीहरू पेरिस सम्झौताअनुसार कार्य गर्न पनि तयार भएका छन् ।

सन् २०१७ को अक्टोबर महिनाको ६ तारिख मा भएको भारत ईयू शिखर सम्मेलन बेला संयुक्त वक्तव्य जारी गरिएको थियो । संयुक्त वक्तव्य र भारत–ईयू रणनीतिक साझेदारीः सन् २०२० जुलाई १५ मा आयोजित भारत ईयू शिखर सम्मेलनमा सहमति गरिएको २०२५ रोडम्याप, साथै सन् २०२१ मे ८ तारिखमा बसिएको भारत ईयू नेतृत्व बैठक र जाति संयुक्त विज्ञप्तिले पनि स्वच्छ ऊर्जा र जलवायु साझेदारीअन्तर्गत सहयोग सुदृढीकरणको स्वागत गरेको छ ।