ओभरडोजप्रति हिरोको विश्वास


आगामी शुक्रबारदेखि रिलिजमा आउने फिल्म ओभरडोजका अभिनेता प्रनिशराज पन्तले फिल्म दर्शकले रुचाउनेमा विश्वस्त रहेको बताएका छन्। ‘एकदमै मेहनत गरेको थिएँ।

सोही मेहनत देखिने बेला भएकोले एकदमै उत्साहित छु’ सात वर्षदेखि अमेरिका बस्दै आई फिल्म रिलिजका लागि काठमाडौं आएका उनले भने। त्यसो त यो उनको डेब्यु फिल्म हो।

अमेरिका बस्ने दुई नेपाली युवाको कथा समेटिएको ओभरडोज अमेरिकामै छायांकन गरिएको छ। सुमन पौडेलको कथा एवं निर्देशन रहेको फिल्ममा लागुपदार्थ र अपराधको कथा देखाउन खोजिएको छ।फिल्ममा प्रनिशराजसँगै सविनजंग थापा, बिना श्रेष्ठ, सदीक्षा कार्कीलगायतले अभिनय गरेका छन्।