दोलखाको सहकारीका सुरक्षा गार्डको हत्यामा संलग्न दुई पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

दोलखाको गौरीशंकर गाउंपालिका १ जुगुमा रहेको हिमचुली बहुउदेश्यीय सहकारी संस्थाका सुरक्षा गार्डको हत्या गरी रकम लुटपाट गर्ने दुई जनालाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

गत कार्तिक १० गते सुरक्षा गार्ड पूर्णबहादुर खड्कालाई नियन्त्रणमा लिएर हत्या गरेपछि १ लाख ८५ हजार ७ सय ५० रुपिया लुटपाट गरेको ब्युरोले जनाएको छ ।

खड्काको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दोलखाको गौरीशंकर गाउंपालिका १ बस्ने बिक्रम कार्की र सुमन कार्कीलाई पक्राउ गरेको छ । उनीहरुले सुरक्षा गार्ड खड्कालाई नियन्त्रणमा लिएपछि हत खुट्टा बाधेर टाउकोमा र्चिपट प्रहार गरी हत्या गरेका थिए ।