दाजु–भाउजुको एनिभर्सरीलाई कुमारको गीत उपहार


कप्रिय हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ आफ्ना हास्यकलाकार दाजु–भाउजु सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई वैवाहिक वर्षगाँठ (एनिभर्सरी) को उपहारस्वरूप गीत सार्वजनिक गरेका छन्।

कुमारले दोस्रोपटक गाएको गीत मायाले जीवन सजाऊँ आफ्ना दाजु–भाउजु सीताराम र कुञ्जनाको वैवाहिक वर्षगाँठको अवसर पारेर सार्वजनिक गरेका हुन्। आफ्ना साथ अस्मिता अधिकारीको स्वर रहेको गीतको म्युजिक भिडियोमा कुमारले सीताराम र कुञ्जनालाई नै प्रस्तुत गरेका छन्।

अर्जुन पोखरेलको शब्द रचना र संगीत रहेको गीतको म्युजिक भिडियोमा सीताराम र कुञ्जनालाई वैवाहिक वर्षगाँठ मनाउन व्यस्त जोडीकै रूपमा प्रस्तुत गरिएको छ। गीतमा उनीहरूले जीवनमा भोगेका आरोह–अवरोहका साथै एक –अर्कामाथिको विश्वासको कथा भनिएको छ। भिडियोमा सीताराम र कुञ्जनाले एक–अर्कालाई मायाले जीवन सजाउन आग्रह गरेका छन्। सीताराम र कुञ्जनाको बुधबार १३औं वैवाहिक वर्षगाँठ हो। रामजी लामिछानेको कोरियोग्राफी र निर्देशनमा बनेको म्युजिक भिडियोमा मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।

दाज–ुभाउजुको वैवाहिक वर्षगा“ठलाई थप विशेष बनाउनका लागि आफूले दोस्रो गीत गाएर सुम्पिएका जिग्रीले बताए। कुमारले यसअघि मञ्जुरी बोलको गीत गाएका थिए।