कांग्रेस लमजुङको सभापतिमा टकराज गुरुङ


काठमाडौं ।

नेपाली कांग्रेस लमजुङको सभापतिमा डा. टकराज गुरुङ निर्बाचित भएका छन् । प्रतिद्धन्द्धि गमप्रसाद गुरुङलाई १ सय ३२ मतले पछि पार्दै टकराज ४ बर्षका लागि कांग्रेसको सभापति बन्नुभएको हो ।नेपाली कांग्रेस चौधौं महाधिवेशन अन्तर्गत लमजुङमा मतपरिणाम अनुसार विजयी टकराजले ७ सय १७ मत ल्याउनुभएको छ । पराजित गमप्रसादले ५ सय ८५ मत ल्याउनुभएको छ ।

संस्थापनपक्ष अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका गमप्रसाद गुरुङ प्यानलका साथ चुनावी मैदानमा होमिएका थिए ।उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७ सय १ र टकराजपक्षका श्रीकान्त घिमिरेले ६ सय ७८ मत ल्याएर विजयी हुनुभएको छ । पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६ सय २१ मत ल्याउनुभएको छ भने टकराजपक्षका लोकनाथ घिमिरेले ५ सय २८ मत ल्याउनुभएको छ ।

सचिवमा टकराज पक्ष्ँधर कृष्णबहादुर अधिकारीले ६ सय ६६ मत ल्याएर विजयी हुनुभएको छ । गमप्रसाद पक्ष्ँधर विमल श्रेष्ठले ६ सय ४९ मत ल्याएर विजयी हुनुभएको छ । पराजित गमप्रसाद पक्षधर नवीनचन्द्र घिमिरेले ५ सय ७९ र राजकुमार पाण्डेले ५ सय ९७ मत ल्याउनुभएको छ ।सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७ सय ३९ मतका साथ विजयी हुनुभएको छ । यस्तै, टकराजको प्यानलबाट विश्व पौडेलले ६ सय ८ मत र गमप्रसाद प्यानलबाट नरबहादुर गुरुङले ७ स्य ३९ मत ल्याएर सहसचिवमा विजयी हुनुभएको छ । पराजित टकराजपक्षका मदनसिंह घिमिरेले ५ सय ५८ मत ल्याउनुभएको थियो ।

गमप्रसाद पक्ष्ँधर सूर्यकला बराल कोइरालाले ५ सय ९६ मत ल्याउनुभएको छ । केन्द्रमा कोइराला परिवार पक्षधर शंकरकान्त जोशी–बृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेको थियो । लमजुङमा तेस्रो धार मानिएको उक्त समूहले समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको हो । कूल १ हजार ३ सय ३९ मत खसेकोमा १ हजार ३ सय २ मतमात्रै सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताउनुभयो ।