यात्रुद्वारा विमान कर्मचारीमाथि मुक्का प्रहार


ह्युस्टन, (एजेन्सी)  । 

अमेरिकाको डल्लास लभ फिल्ड एयरपोर्टबाट उड्न लागेको साउथवेस्ट एयरलायन्सको विमानभित्र एकजना हिंस्रक यात्रुले टाउकोमा मुक्का हान्दा सो एयरलायन्सका कर्मचारीलाई अस्पतालमा भर्ना गर्नुपरेको छ । डल्लास प्रहरी विभागका अनुसार शनिबार राति १२ बजेर ४० मिनेटमा उड्न लागेको विमानभित्र ती यात्रुका एकजना अपरेसन एजेन्टसँग भनाभन परेको थियो ।

उनलाई विमानबाट बाहिर निस्कन अनुरोध गरिँदा सो विवाद भएको थियो । विमानबाट निस्कनै लागेका बेला उनको फेरि अर्को अपरेसन एजेन्टसँग विवाद चर्किएको थियो । त्यसबेला भने उनले हातै हालेका थिए । तत्काल अस्पताल पु¥याइएका कर्मचारीको स्थिति स्थिर रहेको बताइएको छ । नाम नखुलाइका ती आक्रामक यात्रुलाई तत्कालै हिरासतमा लिएर प्रहरीले आक्रामक व्यवहार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।

साउथवेस्ट एयरलायन्सका प्रवक्ता क्रिस मेइन्जले शनिबार राति नै अस्पतालबाट डिस्चार्ज भएका कर्मचारी अहिले घरमा आराम गरिरहेको बताएका छन् । एयरलायन्सले अझै उनीसँग विवाद हुनुका कारणबारे अनुसन्धान गरिरहेको छ । गत मे महिनामा पनि साउथवेस्ट एयरलायन्सकै एकजना फ्लाइट एटेन्डेन्टको यात्रुको आक्रमणमा दुईवटा दाँत फुक्लिएको थियो ।