अन्तरिक्ष क्षेत्रमा विकास गर्न भारतसँग ठूलो क्षमता छ: बीपी नायडू


इन्डिया न्युज नेटवर्क । 

अन्तरिक्ष क्षेत्रमा विकास गर्न भारतसँग ठूलो क्षमता रहेको बताउँदै भारतीय उपराष्ट्रपति एम वेंकैया नायडूले इस्रोले स्वदेशी रूपमा विकसित क्षेत्रीय नेभिगेसन उपग्रह प्रणाली नाभिकलाई विश्वव्यापी प्रयोगका लागि अघि लैजानुपर्नेमा जोड दिएका छन् ।भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले विविध क्षेत्रहरू, प्रस्तावित सेवाहरू र राष्ट्रिय आवश्यकताहरू पूरा गर्न नाभिक प्रणालीको विस्तारलाई सक्रिय रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।

यूआर राव स्याटेलाइट केन्द्रका वैज्ञानिक र कर्मचारीहरूलाई सम्बोधन गर्दै, उपराष्ट्रपति नायडू ले नाभिक प्रणालीको स्थापना र सञ्चालनका निम्ति इस्रोको प्रशंसा गरेका छन् । उनले भर्खरै शुरू गरिएको भारतीय अन्तरिक्ष संघ (इस्पा) लाई पनि भारतलाई पूर्णरूपमा आत्मनिर्भर र अन्तरिक्ष क्षेत्रमा विश्वव्यापी नेता बनाउन मद्दत गर्न आग्रह गरेका छन् ।उनले भारतीय निजी संस्थाहरूलाई अन्तरिक्षसम्बन्धी गतिविधिहरूमा भाग लिन सक्षम बनाउन इस्रोलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘वर्षौं आर्जित ज्ञानका आधारमा अन्तरिक्ष सम्पत्तिहरू निर्माण गर्न इस्रोले महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । यसमा निजी संस्थानहरू पनि सम्मिलित भएमा राष्ट्र चाँडै आत्मनिर्भर हुन सक्दछ । उपग्रहमा आधारित दुर्गम सेन्सिङ सेवाको विशिष्ट क्षेत्रमा भारत विश्व नेता बनेको छ । कृषि, वन, समुद्र विज्ञान, पूर्वाधार योजना, ऊर्जा र वातावरण, जलस्रोत र विकास योजना लगायतका विभिन्न क्षेत्रमा दक्षता अभिवृद्धि गर्न र विकासका आवश्यकताहरू पूरा गर्न यस उपग्रह तथ्यांक र तस्वीरहरू अपरिहार्य औजार बनेका छन् । यस्ता तथ्यांकले मौसम विज्ञान, खडेरी, गम्भीर वर्षा र चक्रवातहरूसहित मौसमको पूर्वानुमान गर्न मद्दत गर्नेछ ।’

इस्रोले आवश्यक तथ्यांक प्रदान गर्न भविष्यमा पनि यस्ता कार्य गरिरहने मा उनले विश्वास व्यक्त गरेका छन् । इस्रोलाई राष्ट्रको गौरवको रूपमा वर्णन गर्दै, उपराष्ट्रपतिले यस संस्थाले अन्तरिक्ष अनुसन्धान क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गरेको बताएका छन् ।उनले भनेका छन्– ‘विगतका केही वर्षमा इस्रोले देश विकासमा महŒवपूर्ण योगदान दिएको छ । यसले सयभन्दा बढी अत्याधुनिक उपग्रहहरू निर्माण गरेको छ, र पीएसएलबी र जीएसएलबी जस्ता प्रक्षेपण वाहन प्रणालीहरूको स्थापना गरेर राष्ट्रको प्रगतिमा अमूल्य योगदान पु¥याएको छ ।’