स्वर्णिम विजय वर्षको अवसरमा संयुक्त भारत–बंगलादेश साइकल यात्रा


इन्डिया न्युज नेटवर्क । 

स्वर्णिम विजय वर्षको सम्झनामा भारतीय र बंगलादेशी सेनाले जशोरदेखि कोलकातासम्म संयुक्त साइकल यात्राको आयोजना गरेका छन् ।
सन् १९७१ को बंगलादेश स्वतन्त्रता संग्रामको स्वर्ण जयन्ती पूरा भएको अवसरमा, ऐतिहासिक विजय र नयाँ राष्ट्रको निर्माणमा अग्रसर हुने युद्धमा सर्वोच्च बलिदान दिने सिपाहीहरूको वीरता र साहसलाई श्रद्धाञ्जली दिन स्वर्णिम विजय वर्ष मनाइँदैछ ।

भारतीय र बंगलादेशी सेनाका २०-२० जना साइकलयात्री सम्मिलित टोलीलाई सोमबार बंगलादेशको जशोरबाट विदाइ गरिएको छ । बंगलादेश सेनाको ५५ इन्फेन्ट्री डिभिजनका जीओसी मेजर जनरल मोहम्मद नुरुल अनवरले विदाइ गरेको रक्षा मन्त्रालयले जनाएको छ ।
उक्त यात्रामा बंगलादेशको जशोर, झेनैदह, कुस्टिया, मेहेरपुर, दर्शना, चुआडाङ्गा र भारतको कृष्णनगर, रानाघाट, कल्याणी, ब्याराकपुर, कोलकाता हुँदै १० दिनमा ३ सय ७० किलोमिटरको दूरी तय गरिनेछ ।

यो यात्रा नोभेम्बर महिनाको २४ तारिखका दिन कोलकाताको फोर्ट विलियममा समापन हुनेछ । यात्राको क्रममा टोलीले भारतका विज्ञ र वीर नारीससँग अन्तरक्रिया गर्नेछ र बंगलादेशमा मुक्ति जोधाहरूसँग पनि सम्पर्क गर्नेछ ।यस यात्राको उद्देश्य बंगलादेश स्वतन्त्रता अभियानमा सशस्त्र बलले दिएको योगदान बारे चेतना जगाउने रहेको छ ।

यो अभियानले युवाहरूलाई सशस्त्र सेनामा भर्ना हुन प्रेरित गर्नेछ ।सन् १९७१ को भारत–पाकिस्तान युद्धको स्वर्ण जयन्तीको सम्झनामा यो वर्षलाई ‘स्वर्णिम विजय वर्ष’का रूपमा मनाइँदैछ । स्वर्णिम विजय वर्षको अवसरमा देशैभर विभिन्न स्मरण कार्यक्रम आयोजना गरिँदैछ ।