अनाथ बालबालिकालाई खाना खुवाएर चिकेन स्टेशनको उद्घाटन

अनाथ बालबालिकालाई खाना खुवाएर उद्घाटन


भक्तपुर । 

भक्तपुरको मध्ययपुर थिमि नगरपालिका राधेराधेमा चिकेन स्टेशन आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ ।
स्टेशनको उद्घाटन मानव कल्याण आश्रममा रहेका २० जना बालबालिकाले गरेका छन् ।

अनाथ बालबालिकाको हातबाट उद्घाटन गरी उनीहरुलाई पहिलो दिनको पहिलो खाना खुवाईएको स्टेशनका संचालक नरेश रंजितले बताउनुभयो ।उहाँले मुनाफाको केही हिस्सा सामाजिक कार्य लगायत अनाथ असहायको निम्ति खर्चिने बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापा,माओवादी केन्द्रका नेताहरु दिलीप प्रजापति,रामप्रसाद सापकोटा दिपशिखा,डिपी ढकाल लगायत नेता तथा कार्यकर्ता र संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।