कंगना विरुद्व प्रदर्शन


बलिउड अभिनेत्री कंगना रनावत हालै एक अन्तर्वार्तामा दिएको अभिव्यक्तिका कारण विवादमा छिन्। एक च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा सन १९४७मा भारतले स्वतन्त्रताको नाममा भिख पाएको र सो समय नभई सन् २०१४ मा नरेन्द्र मोदीको सरकार आएपछि मात्र भारत स्वतन्त्र भएको बताएपछि धेरैले उनको विरोध गरिरहेका छन् भने उनीविरुद्ध प्रदर्शनसमेत भएको छ।

सन् १९४७मा स्वतन्त्रभएर उक्त समयदेखि प्रत्येक वर्ष स्वतन्त्रता दिवस मनाइरहेको देशकाबारे यस्तो अभिव्यक्ति दिएपछि उनी निकै आलोचित बन्न पुगेकी छिन्।

विरोधीहरूले हालै उनले पाएको पद्मश्री अवार्डसमेत भिख भएको र उक्त अवार्ड फिर्ता हुनुपर्ने माग समेत राखेका छन्। आफ्नाे  विरोधबारे चुनौती दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘केवल सहीविवरण दिनका लागि मात्र हो। १८५७मा पहिलो पटक स्वतन्त्रताको लागि सामूहिक लडाइँ भएको थियो।

तर, १९४७माकुनचाहिँ यु्द्ध भएको थियो मलाई थाहा छैन। यदि, कसैले उक्त युद्धका बारेमाअवगत गराइदिन सक्छ भने म आफ्नो पद्मश्री अवार्ड फिर्ता दिनेछु र माफी पनि माग्ने छु। यसका लागि मलाई मद्दत गर्नुहोला।’