प्युठानमा जीप दुर्घटना हुँदा एकको मृत्यु


बुटवल ।

प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मल्लरानी गाउँपालिकास्थित मुनडाँडाबाट आज बिहान बाग्दुला जाँदै गरेको रा १ ज १९९२ नम्बरको जीप सोही गाउँपालिका-३ स्थित बुकेनीमा दुर्घटना भएको हो।

दुर्घटनामा जीप चालक स्थानीय २९ वर्षीय गोरख पुनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जीप अनियन्त्रित भई भीरबाट करिब १ सय ५० मिटर तल खसेको छ।

गम्भीर घाइते प्यूठान नगरपालिका–४ खड्गडेराका १७ वर्षीय विवेक नेपालीलाई उपचारका लागि प्यूठान अस्पताल विजुवार लगिएको प्रहरीले जनाएको छ।