हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा जनकपुरमा ‘निषेधाज्ञा’


न्युज अफ नेपाल, काठमाडौँ ।

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० सम्मका लागि निधेषधाज्ञा जारी भएको हो ।

जनकपुर उपमहानगरपालिका २० स्थित तेलिया पोखरीमा छठ मनाउने विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद भएको थियो । शनिबार स्थानीय हिन्दु समुदायले मोटर साइकल र्‍याली गर्दै पोखरीमा जान खोजेपछि प्रहरीसँग झडप भएको छ। स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाल बताए।